प्लेग रोगको रहस्य खुल्यो

प्लेग रोगको रहस्य खुल्यो


लण्डन । आजभन्दा ७०० वर्ष पहिले कालो मृत्यु अर्थात् महामारीको कारण बनेका रोगको किटाणु अहिले वैज्ञानिकहरुले पत्ता लगाएका छन् । ७०० वर्ष पहिले पूर्वीलण्डनमा प्लेगको कारणबाट मरेका ४ जना मानिसहरु गाडिएका थिए । वैज्ञानिकहरुले उनीहरुका दाँतबाट निकालिएका डीएनएका अंशहरुबाट प्लेगको कारण बनेका रोगको किटाणु खुट्याउन सफल भएका छन् । वैज्ञानिकहरुले ह्रास भइसकेका रेशाहरुबाट ब्याक्टरियाको जेनेटिक कोड फेरि निर्माण गर्न सफल भएका छन् । क्यानाडाका अनुसन्धानकर्ताहरुले विशिष्ट प्लेगको रेशाजस्तो किटाणु यार्सिया पेस्टोस छुट्याउन सफल भएका छन् ।
यसै प्लेग रोगका कारण सन् १३४७ देखि सन् १३५१ सालसम्म, चार वर्षभित्र यूरोपको दशकरोडभन्दा बढी जनसंख्या मरेका थिए । यो तत्कालीन सम्पूर्ण यूरोपेली जनताहरुको आधा भाग थियो । वैज्ञानिकहरुले यो पनि पत्ता लगाएका छन् कि यी नै रेशानुमा प्लेगको किटाणु जम्मै आधुनिक समयको बबुनीया प्लेगको ब्याक्टरियाहरुका आमा हुन् । डाक्टर हेन्ड्रिक पोइनरले ….यो डरलाग्दो किटाणुको बारेमा कसरी यो उत्पन्न हुन्छ भन्ने जानकारी प्राप्त भइसकेपछि अब हामी अहिले अनुसन्धानको क्रममा फैलिने यो महामारी रोगहरु पहिल्याउने नयाँ युगमा प्रवेश गरिसकेका छौं …. भनेर खुलासा गरेका छन् । श्रोत – नेट, सुमल, मेस ।