राप्ती राजमार्गकाे दाङ्ग सल्यान खण्ड अन्तर्गत सल्यानबाट दाङ्ग तर्फ आउदै गरेको ना३ख ३२३० नम्बरको बस राम्रीमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, माथिवाट अाएकाे ढुङ्गाले बस तल खसेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घटनाकाे पुर्ण बिवरण अाउन बाँकि छ, उद्दारकालागि जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सहितको टोलि जाँदै गरेको पत्रकार राजेश शर्माले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया