बागमति नदीले चार ठाँउमा तटबन्ध भत्काएर बस्तिमा प्रवेश गरेपछि सर्लाहीमा एक लाख बढि मानिस बिपत्तिमा परेका छन् ।
स्थानियका अनुसार बागमति नगरपालिकाको सबै वडा जलमग्न रहेको छ । रामनगर, धनकौल, गौरेता लागायतका गाँउहरु पुरै जलमग्न बनेको छ । त्यस्तै, बरहथवा नगरपालिका पनि पुरै जलमग्न रहेको स्थानिय सुरैत सिंहले जानकारी दिए ।
पानीको बहावका कारण ध्रुवटोलमा १५ मीटर तटबन्ध भत्किएको छ, भने यसक्षेत्रका बासिन्दालाई शुद्ध पानी पिउन, खान–बस्न समेत समस्या भइरहेको बताइएको छ ।
प्रतिक्रिया