लण्डन । औसतमा १२ वटामध्ये बेलायतका एउटा अस्पतालको खाना, नखाई फर्काउने कुरा थाहा हुन आएको छ । प्रतिवर्ष २२ मिलियन पाउण्ड बराबर रकमको एनएचएस ट्रस्टबाट खानाका लागि खर्च गरिने पैसा खाना नखाई ढ्वाङमा फाल्दै खेर गएको तथ्यांक थाहा लागेको छ । इप्सविच एनएचएस ट्रस्टको रेकर्डमा २९ प्रतिशत अस्पतालको खाना अर्थात् एक मिलियन पाउण्ड रकम बराबरको खाना बिमारीहरुले नखाएर फर्काएर फाल्ने गरेको कुरा थाहा हुन आएको छ । यस एनएचएस ट्रस्टले प्रति बिमारी १७ पाउण्ड बीस पेन्स खानाका लागि खर्च गर्दछ जुन रकम केन्ट, मिडवे एनएचएस ट्रस्टको भन्दा एक पाउण्ड अस्सी पेन्स कम हुन आउँछ । यस अस्पतालले प्रतिबिमारीको खानाको खर्च १९ पाउण्ड छुट्टयाएको छ । बेलायतको सबैभन्दा बढी खानामा खर्च गर्ने एनएचएसको ट्रस्टमा केन्ट मिडवे प्रथम स्थानमा आउँछ । बकिङहामशायर, अक्सफोर्ड, बार्नेट र चेजफार्मका एनएचएस ट्रस्टहरुले बिमारीहरुका खाई खुराकीमा यसभन्दा एक प्रतिशत कम्ती गरेर नाक ठाडो पारेका छन् । सबैभन्दा कम्ती प्रतिबिमारीका लागि रोदरहाम एनएचएस ट्रस्टले दिनको दुई पाउण्ड तिरानब्बे पेन्स मात्र छुट्टयाएको छ । यो तथ्यांक आउँदो बिहीवार केयर क्वालिटी कमिशनले यस विषयमा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्राप्त गरेका केही तथ्यहरु प्रकाश पारेको हो । यस प्रतिवेदनबाट बिमारी बृद्धबद्धाहरुका स्वास्थ्य सुरक्षार्थ आउने खुराकमाथि हेल्चेक््रयाँइ गरेर ध्यान नदिएको भनेर आलोचनासहित एनएचएसको कमजोर व्यवस्थापनलाई सचेत गरिएको छ । एज युकेका मिचेल मिटचेलले … उमेर पुगेका बिमारीहरुका लागि खानाको बढी ध्यान दिएर सतर्कता अपनाउनु पर्छ जुनकुरो यहाँ भइरहेको छैन … भनेर खण्डन गरेका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया