गुर्खाहरु सबैभन्दा सक्रीय कामकाजी समुदाय

गुर्खाहरु सबैभन्दा सक्रीय कामकाजी समुदाय


लण्डन । भर्खरै केन्ट युनिभर्सिटिले पहिलोपटक गुर्खाहरुको स्थायी बसोबास र स्थानीय समाजमा तिनको घुलमिललगायतको दैनिकीको बारेमा एक खोजमूलक सर्भेक्षण गरेर एक नतिजा निकालेको छ, जसलाई विभिन्न पत्रपत्रिकालगायतका माध्यमहरुबाट सार्वजनिक गरिसकेको छ ।
काम गर्ने उमेरका गुर्खाहरु बेलायतको सम्पूर्ण सामुदायिक समूहहरुमा सबैभन्दा सकृय रहेको सो खोजको निष्कर्ष रहेको छ । जसलाई ‘दी मोस्ट इकोनोमिकल एक्टिभ सोसल ग्रुप’ भनी व्याख्या गरिएको छ । त्यसरी यूकेमा स्थायी रुपमा बसोबास गर्न आएका गुर्खाहरुमा ८० प्रतिशतहरु अंग्रेजी भाषामा दखल राख्नेहरु भएका र तिनका सबै सन्तानहरुले शिक्षा, रोजगारी तथा ट्रेनिंगहरु लिइरहेका पाइएको सो खोजको अर्को नतिजामा भनिएको छ, लगभग ७१ प्रतिशत गुर्खाहरुले समुदायको लागि विभिन्न अवसरहरुमा सकृय तर भोलेन्टिर रुपमा कामहरु गर्ने गर्दछन् ।
केन्ट यूनिभर्सिटिमा द साउथ इस्ट स्ट्राटेजिक पार्टनर्शिप फर माग्रेसनबाट प्रायोजित रहेको एक अध्ययनलाई अनुसन्धानकर्ता नीना गुरुंगले समायोजित गरेकीथिईन्, उनले केन्ट तथा रशमुर बोरोह बस्ने १०० जना गुर्खा पुरुष तथा महिलाहरुसँग प्रत्यक्ष रुपमा अन्तर्वार्ता लिएकी थिईन् । यूकेमा यी माथि दिइएको दुई स्थानमा मूलतः गुर्खाहरुको स्थायी बसोबास खासगरी ठूलो रहेको छ । केन्टमा सेकेण्ड बटालियन रोयाल गुर्खा राइफल्स, जो फोक्स्टोनस्थित शोर्नक्लाइफमा आधारित छ, र मेडस्टोनमा ३६ इन्जिनीयरस् रेजिमेन्टमा रहेका इन्जिनीयरहरुमा आधाजति गुर्खा इन्जिनीयरहरु छन् ।
नीना गुरुंगबाट लिइएको यस अनुसन्धानको नतिजाअनुसार पुरुष तथा महिला गुर्खाहरुमा ९५.१ प्रतिशत साठीभन्दा तलाका पुरुषहरु र ९२.६ साठीभन्दा तलका महिलाहरु रोजगार रहेका छन् जसमा ९२.५ प्रतिशत पुरुष र ६१.३ प्रतिशत महिलाहरु फुल टाइम काम गर्दछन् ।

धेरै संख्याका गुर्खाहरु ब्रिटिश क्षेत्रमा बसोबास गर्दछन् भने बाँकी नेपालीलगायतका अन्य सामुदायिक क्षेत्रहरुमा स्थायी रुपमा बस्दछन् । -केदार, मेस, श्रोत गुर्खा सेटलमेन्ट एण्ड इन्टेग्रेसन प्रोसेस इन यूके नामको सर्भेको प्रेस रिलिज