श्रीकृष्ण जन्माष्टमी अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

श्रीकृष्ण जन्माष्टमी अवसरमा राष्ट्रपतिद्वारा शुभकामना


भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उहाँले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ शुभ कामना सन्देशमा उल्लेख छ।