हङकङ । सन् २०११ अक्टोवर १६ तारीख आर्इतकार दिन हङकङको जोर्डनस्थित फूलवारी रेष्टुरेण्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङको ११औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा प्रमुख अतिथिमा आसीन थिएभने सिर्जनशील साहित्य समाज हङकङका सचिव तथा साहित्यकार नरेश सुनुवार विशेष अतिथि र अतिथिमा क्रमश आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङवा र जनजाति साहित्य समूहका अध्यक्ष भूपेन्द्र चेम्जोङ आसीन रहेकाथिए । अतिथि आसनग्रहणपछि लगत्तै हालसालै असमायिक निधन भएका कवि केवलपुरे किसानको निधनप्रति दुख व्यक्त गर्दै एक मिनट मौन धारण समेत गरिएको थियो । त्यसपछि क्रमश देश सुब्बा, शिव प्रधान, टंक सम्वाहाम्फे, अधिराज रार्इ, पीतम्वर रार्इ, बिष्णनन्द चाम्लिङ, पवित्रा रार्इ, नरजीत रार्इ, चन्द्र मादेन आन्छान्, निङवाशक्ती मादेन, रुद्र नाल्वो, विनय शाह, पूर्णीमा शाह, नरेश सुनुवार, दिल पालुङवा, राजु आङदेम्वे आदिले कविता वाचन गरेका थिए ।
मन्तब्यको क्रममा प्रमुख अतिथि प्रदी थापा, बिशेष अतिथि नरेश सुनुवार, अतिथिहरुमा प्रदीप कन्दङवा, भूपेन्द्र चेम्जोङले हङकङमा नेपाली साहित्य प्रतिष्ठानको भूमिका र कार्य वारेमा चर्चा गरेका थिए । नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले कार्यक्रमको अध्यक्षता गरेकाथिएभने स्वागत मन्तब्य प्रतिष्ठानकै साहित्यकार तथा भयवादका प्रवर्तक देश सुब्बाले गरेकाथिए । त्यसरी नै सम्पूर्ण कार्यक्रम अर्का प्रतिष्ठानका सदस्य कथाकार तथा गायक शिव प्रधानले सञ्चालन गरेकाथिए । नेपाली साहित्य प्रतिष्ठान हङकङले निरन्तर सन् २००० देखि हङकङमा वार्षिक रुपले विदेशमा नेपाली साहित्य समृद्धिको लागि विभिन्न साहित्यिक गोष्ठि, पुस्तक प्रकाशन र साहित्यकारहरुलार्इ टेवा दँदै पुर्याउँदै आएको छ । हाल नेपालको त्रिभुवान विश्वविद्यालयअन्तर्गत हङकङको नेपाली साहित्य बारेमा स्नातकोत्तर तहको तेस्रो वर्षमा ऐच्छिक नेपालीमा अध्यायन अध्यापन शुरु भैसकेको छ ।-देश, मेस हङकङ
प्रतिक्रिया