अविरल वर्षसँगै आएको बाढीपहिरोले मुलुक भरको जनजिवन अस्तव्यस्त छ । गृहमन्त्रालयका अनुसार हालसम्म मृत्युहुनेको संख्या ७० भन्दा बढि पुगेको छ भने सयौं घाइते भएका छन् । त्यस्तै बेपता हुनेको संख्या अझै एकिन भएको छैन भने ५० हजार घर डुबानमा छन ।
बिहीबारदेखि अबिरल बर्षासँगै आएको बाढिपहिरोले तराईका प्रायः जिल्ला डुबानमा छन् । यस महाविपद्पछि सरकार र शिर्षदलले कहाँ के गरे ? यो सबैको चासोको विषय बनेको छ ।
तराईमा महाविपद्पछि सरकारले राहत तथा उद्दारमा तीव्रता दिने बताएपनि प्रभावकारी भएको देखिन्न । तराईमा बाढीपहिरोले ठूलो नोक्सान गरेपछि आइतबारबाट मुलतः सरकार उद्दार तथा राहत वितरणमा तातेको थियो ।
सरकारले के गर्यो ?
मन्त्रिपरिषद्को बैठक बस्यो । सरकारले लगातारको वर्षापछि तराईका विभिन्न जिल्लामा आएको बाढीका कारण मृत्यु भएका परिवारलाई जनही २ लाख राहत रकम दिने निर्णय ग-यो ।
बैठकले बाढी र पहिरोबाट विस्थापित भएकाहरुलाई राहत वितरणमा ढिलाई नगर्न निर्देशन दियो । सरकारले गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, सुरक्षा संयन्त्रलाई राहत र उद्धार कार्यमा खटिन निर्देशन दिँदै राहत रकम तत्काल वितरण गर्ने निर्णय गर्यो । विभिन्न मन्त्रालयको बैठक बस्यो । बैठकले राहत तथा उद्दारमा प्रभावकारी ढंगले लाग्ने निर्णय गर्यो ।
दलहरुले के–के गरे ?
कांग्रेस – कांग्रेसको कार्य सम्पादन समितिको बैठक बस्यो । बैठकले आफ्नो पार्टीका सांसदहरुको एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गर्यो । उसले पार्टीका नाममा पनि राहत कोष खडा गरेर आफ्नो समर्थक तथा सुभेच्छुकसँग सहयोगका गर्न अपिल गर्यो ।
एमाले – प्रमुख विपक्षी दल नेकपा एमालेको बैठक बस्यो । एमाले प्रभावित जिल्लाहरुमा जनवर्गीय संगठनहरुलाई खटाउने निर्णय गर्यो । एमालेले कुन जिल्लामा कुन जनवर्गीय संगठनलाई खटाउने भन्नेसमेत कार्यविभाजन समेत गरेको थियो ।
माओवादी केन्द्र – माओवादी केन्द्रले उद्धार तथा राहतमा जुट्न पार्टी नेता कार्यकर्तालाई अपिल गर्यो । आज शीर्ष नेताहरुको बैठक बसाली राहतको प्याकेज घोषणा गर्ने माओवादीले तयारी गरेको छ । भने उद्दारमा वाइसीएलका कार्यकर्ताहरु खटाउने तयारी छ ।
नयाँ शक्ति पार्टी, राप्रपा, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले समेत राहत संकलन गर्ने र बाढीपीडितको उद्धारमा जुट्ने बताएका छन् ।
प्रतिक्रिया