भ्रूण विकासमा सफलता

भ्रूण विकासमा सफलता


लण्डन । वैज्ञानिकहरुले अब एक पटकको एकोहोरो उपचारबाट आईभीएफ (भ्रूण विकास) पद्धतिको परिक्षणमा सफल भयो भने यस उपचारको लागि ग्यारेन्टी दिन सक्ने बताएका छन् । अहिलेको नयाँ टेक्निकले क्रोमोजोममा भएको विकारले भ्रूणको सम्भावित विकासमा कुन तत्वले खराब पार्दछ भन्ने कुरालाई जाँच्न सकिन्छ र त्यसमा भएको खराबीलाई दूर गर्नका लागि दुईखाले सूचक रेखाहरुले पहिल्याउने गर्दछ । अतिरिक्त समयका अनुसन्धानकर्ताहरुले अब यस पछिको एउटा परिक्षणपछि आईभीएफको पद्धतिबाट भ्रूण विकास गर्ने कुरामा शतप्रतिशत सफलता हासिल गर्न सकिन्छ भनेका छन् । यो अध्ययन अति नै महत्वपूर्ण र प्रभावकारी भएको कारणले गर्दा अमेरिकी सोसाइटी फर एजिस्टेड रिप्रोडक्टिभ टेकनोलाजीबाट एउटा पुरस्कारसमेत प्राप्त गरिसकेको छ । यस बेला विश्वभरिमा क्रोमोजोमको विकारका कारण आईभीएफबाट केवल ३० प्रतिशत महिलाहरु गर्भाधान गर्न सफल हुन्छन् ।
अक्सफोर्डका डाक्टर डेगान वेलका टिमले एम्ब्रियोलाई जाँच्ने नयाँ टेक्निक आविस्कार गरेको छ । भू्रण विकासका लागि ५ दिनसम्म लेबरेटरीमा एम्ब्रियोहरु राखेर वर्गिकरण गर्दछ अनि क्रोमोजोमको संख्याहरु जाँचिन्छ जसमध्ये स्वस्थ एम्ब्रियोलाई आईभीएफ पद्धतिबाट सत्तरी प्रतिशतसम्म गर्भाधान गर्न सफलता पाउन सकिन्छ । अनुसन्धानकर्ताहरुले किन ३० प्रतिशत एम्ब्रियोहरु खेर जान्छन् भन्ने कुरा जान्न चाहेका थिए । डाक्टर वेलका अनुसार, शरीर विज्ञानको यस विषयमा विस्तृत अनुसन्धान गरेर यो खाली रहेको ३० प्रतिशत स्थानलाई अर्थात् ग्यापलाई सेतु बनाएर शतप्रतिशत सफलता पाउनका लागि उनीहरु अनुन्धानमा अघि बढेका कुरा भनेका थिए । यदि यो पहिलो परिक्षण सफल भएमा केवल २ हजार पाउण्डभित्र निःसान्तनहरुका उपचार हुन सकिन्छ भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।