लण्डन । हिजो एकजना किशोरी आमाले आफ्नै बच्चालाई कुटेर गरेर अंगभंग गरी अपांग बनाएको आरोपमा उनलाई आठ वर्षको जेल सजायँ सुनाएको छ । बच्चा बेस्सरी रोएको कारणले गर्दा आवेश थाम्न नसकी बच्चालाई केलेइ सिरली नाम गरेकी किशोरी आमाले आफ्नै छोरा, थोमसलाई उच्चालेर टाउको ढोकामा बजारेकी थिईन् र त्यत्तिले मात्र रिस नमरेकोमा, बच्चाको टाउकोमाथि खुट्टाले प्रहार गरी थिचेकी थिईन् । सानो बच्चाको रुवाइ सहन नसकी विवेकहीन भएकी आमा रिसले चुर भएकी थिईन् ।
१९ वर्षीया आमालाई सजायँ दिने बेलामा न्यायधीश एन्थोनी रसेल, क्यूसी रिसाउँदै …. यो एकदमै कल्पना गर्नै नसक्ने कुकृत्य हो.. कुनै आमाले आफ्नै बच्चालाई कसरी अंगभंग गर्न सक्छे ? .. भनेका थिए । थोमस अहिले एक वर्षको हुन लागेको छ । ऊ अहिले अन्धो भएको छ र हाल अस्पतालमा नै उपचाररत् छ । गत फेब्रुवरी महिनामा टाउकोमा गम्भीर चोट लागेकोले अस्पतालमा भर्ना गर्दा मस्तिष्क सुनिएको थियो । ब्ल्याकपूल निवासी केलेइ सिरलीले प्रेस्टोन क्राउन कोर्टमा सुनवाइ हुँदा आफूले बच्चालाई शारीरिक चोट पुर्याएकी कुरा स्वीकार गरेकी छिन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया