लिबियाका प्रधानमन्त्री मेहमुद जीब्रिलले देशका भूतपूर्व नेता मुअम्मर गद्दाफी मारिएका घोषणा गरेका छन्। संक्रमणकालीन प्रशासनका अधिकारीहरुले कनल गद्दाफी उनको गृहनगर सिर्तमा भएको युद्धमा घाइते भएका बताएका छन्। टेलिभिजन च्यानलहरुले कनल गद्दाफी जस्तो देखिने व्यक्तिको शवको भिडियो प्रसारण गरिरहेका छन्, जु्न रक्ताम्य र नराम्ररी चोट पटक लागेको देखिन्छ। नेटोले सिर्त शहरस्थित विभिन्न निशानाहरुमा विहीबार विहान हवाई हमलाहरु गरेको थियो। लिबियाको अन्तरिम प्रशासनप्रति बफादार एकजना लडाकुले आफूले कनल गद्दाफीलाई एउटा दुलोमा लुकिरहेको फेला पारेको र उनले आफूलाई गोली प्रहार नगर्न अनुरोध गरेका बीबीसीलाई बताएका थिए।
आजको दिन मुअम्मर गद्दाफीको क्रुर शासनको हातबाट मारिएकाहरुलाई सम्झने दिन हो।
सिर्त शहर कब्जामा लिएपछि लडाकूहरुले खुशीयाली मनाएका थिए। नयाँ लिबियाको लागी विहीबारको दिन अभुतपूर्व बन्न पुगेको छ। मुअम्मर गद्दाफीलाई सत्ताच्यूत गरी ट्रिपोली बिरोधीहरुको हातमा परेको दुई महिना पछि गद्दाफीको गृह नगर सिर्त राष्ट्रिय संक्रमणकालीन परिषद प्रति बफादार सैन्यको हातमा परेको छ। लिबियाका प्रमुख शहरहरुमा खुशीयाली मनाइँदैछ। सिर्तमाथि कब्जा जमाउन र गद्दाफीलाई फेला पार्न उनका बिरोधीहरुले भारी मूल्य चुकाउनु परेको छ।
उनको जीवनकालमा उनी क्रान्तिकारी नेताबाट अन्तर्राष्तृय अछुतमा परिणत भए अनि रणनीतिक साझेदार बने र फेरि अछुत नै ठानिए र अन्त्यमा उनको दयनीय निधन भएको छ।
source-bbc
प्रतिक्रिया