लण्डन । प्रत्येक वर्ष झण्डै तीनहजार मानिसहरु इङ्गल्याण्ड र वेल्समा ऊर्जाको गरीबीको कारणबाट मर्ने गरेको प्रतिवेदन प्राप्त भएको छ । यो संख्या सडक दुर्घटनामा परेर मर्नेभन्दा बढी हुनआएको प्रतिवेदनले जनाएको छ । गरीबीको कारण महँगो ऊर्जा खपतमा कतिपए घरकुरियाले खाना पकाउने कि घरलाई तातो बनाउन ग्यास/ऊर्जा खपत गर्ने भन्ने बारे एउटा रोज्नका लागि बाध्य हुनु परेको तथ्य सामने आएको छ । प्रोफेसर जोन हिल्सले स्वतन्त्र रुपमा सरकारकालागि खोजबिन तथा अनुसन्धान गरी प्राप्त प्रतिवेदन सम्प्रेषण गरेका छन् । प्रत्येक वर्ष जाडोयाममा इङ्गल्याण्ड र वेल्समा २७००० को अनुपातमा वर्षायाममा भन्दा मृत्यु हुने संख्या बढ्दै गइरहेको छ ।
हालसालैको यो प्रतिवेदनमा प्राप्त विश्लेषणबाट पाँच भागको एक भाग चिसो घरहरुमा बस्ने मानिसहरु अतिरिक्त मृत्यु भएको कुरा जनाएको छ । योचाँहि ऊर्जा गरीबीको कारणबाट यसो हुन गएको हो भनेर प्रोफेसर हिल्स बताउँछन् । लण्डन स्कुल अफ इकोनोमिक्सका निर्देशक प्रोफेसर हिल्सले …हामी भन्छौं सडक दुर्घटनामा परेर मानिसहरु मर्छन्, यो ठूलो समस्या हो, त्यस्तै यसरी चिसोका कारण मर्नु भनेको झनै ठूलो समस्या हो, किनभने ऊर्जाको कारणबाट तातोमा बस्ने कि पकाएर खाने भन्ने समस्या उत्पन्न हुँदा कमजोर स्वास्थ्य, बिमारी, श्वास प्रश्वासको समस्या इत्यादिले गर्दा एनएचएस धाउनुपर्ने हुन्छ यसैबाट मानिसको मृत्यु बढी हुने गर्दाछन् … भनेका छन् । एउटा घरले यदि आफ्नो आमदानीको १० प्रतिशतभन्दा बढी ऊर्जामा खर्च गर्नु पर्दछ भने तिनीहरु ऊर्जा गरीबको श्रेणीमा पर्दछन् । सन् २००९को तथ्यांकले बेलायतका चालीसलाख घरहरु Pmर्जा गरीब रहेको कुरा दर्शाएको थियो । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया