काठमाडौं । प्रधानमन्त्री भट्टराईले आफ्नो भारत भ्रमण सफल भएको बताएकाछन्, जबकि विपक्षीहरुले प्रम भट्टराईले देशघाती सम्झौता गरेको भन्ने चर्चा, अहिले आम छ । । शनिबार आफू बसेको होटल लिला प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री डा. भट्टराईले भने-’सम्वन्ध सुधार्न, विगतमा भएका आशंका निवरण गर्न यो भ्रमण असाध्यै महत्वपूर्ण र सफल रहृयो । विश्वासको वातावरण निर्माण महत्वपूर्ण आधार तयार भयो ।’
भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटवार्ता निकै फलदायी भएको भन्दै उनले आफ्नो भ्रमणले नेपाल र भारतबीचको सम्वन्धलाई नयाँ आयाम दिएको समेत दावी गरेकाछन् । आफ्नो भ्रमण माओवादी र भारतबीचको आशंका मेट्न पनि सफल भएको बताएकाछन् । ‘हाम्रो पार्टीको विषयमा कतिपय शंकाहरु हुनु स्वभाविक थियो । मैले प्रत्यक्ष भेटेर त्यसलाई निबारण गर्न धेरै हदसम्म सफल भए भन्ने मलाई लाग्छ’ उनले भने-’प्रधानमन्त्री मनमोहन सिंहसँग जुन सौहर्दपूर्ण वातावरणमा कुराकानी भयो यसले माओवादीप्रति अन्तरकुन्तरमा कुनै आशंका थिए भने त्यो पनि अब रहेन । माओवादी नितान्त राजनीतिक शक्ति हो भन्ने विश्वास सबैलाई परेको मैले अनुभूति गरेँ ।’
नेपाल र भारतबीच भएको द्धिपक्षीय लगानी संरक्षणसम्बन्धी (बिपा) सम्झौता राष्ट्रहितमा रहेको भन्दै उनले यसले नेपालमा आर्थिक विकासको ढोका खोलेको दावी गरे । ‘यो यसमा कुनै राष्ट्रघात छैन । यो भन्दा राष्ट्रवादी र राष्ट्रहितको सम्झौता अहिले सम्भव छैन’ उनले भने-’यसले नेपाली अर्थतन्त्रलाई ठूलो कायापलट गर्न मदत गर्छ ।’ नेपालमा बहुदलदीय व्यवस्था राम्रोसँग स्थापिवत नभइसकेकाले विरोधका लागि विरोधको राजनीतिक गर्ने संस्कार रहेको भन्दै उहाँले त्यसकै परिणम स्वरुप बिपा सम्झौतालाई राष्ट्रघाती भनेर विरोध गरेको आरोप अगाए । – देब, काठमाण्डौ, मेस ।
प्रतिक्रिया