‘सन्दर्भ नयाँ सन्देश साप्ताहिक’ बिषयक अन्तरक्रिया

‘सन्दर्भ नयाँ सन्देश साप्ताहिक’ बिषयक अन्तरक्रिया


ब्रुनाई ।ब्रुनाईको सेरियास्थित टुकर लाईन्समा रहेको फेमिली वेलफेयर सेन्टरमा नयाँ सन्देश साप्ताहिक पत्रिकाको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सहभागिताको कमीका कारण निर्धारित समयभन्दा ढिलो गरी संचालन भएको कार्यक्रम केहीदिन अघि अफगानिस्तानमा बिद्रोहीहरुको आक्रमणमा पनि बीरगति पाएका गोर्खाली योद्दा बिजय राईप्रति श्रद्दान्जलीसहित २ मिनेट मौनधारण गर्दै शुरु गरिएको थियो । औपचारिक कार्यक्रममा ब्यबस्थापन पक्षबाट सार्जन्ट राम प्रशाद लिम्बूले स्वागत मन्तब्य दिएलगत्तै कार्यक्रममा सहभागी हुन बेलायतबाट आएका पत्रिकाका प्रधान सम्पादक तथा कानून ब्यबसायी चण्डिराज राईले पत्रिका शुरु गर्नुको उद्देश्य, समस्या र स्थितिको बारेमा प्रष्ट पार्ने प्रयास गर्दै पत्रिकाका बारेमा प्रकाश पारेकाथिए।

कार्यक्रममा बोल्दै प्रधान सम्पादकले प्रतिभा प्रतिष्ठान बेलायतसँग सहकार्य गरेर बेलायतमा नेपाली भाषा शिक्षणको अभियान अघि बढाइरहेको कुरा जानकारी दिँदै नेपाली भाषा साहित्य र नेपाली संस्कृतिको जगेर्नाको निम्ति नयाँ सन्देश साप्ताहिक पत्रिकाले अहम भूमिका निर्बाह गर्न मद्दत गरिरहेको जिकिर गरेकाथिए। नेपाली भाषाको महत्वका बारेमा बोल्दै भारतीय मुलका फिजीका महेन्द्र चौधरी, जो प्रधानमन्त्री जस्तो उच्च ओहोदामा पुगिसकेका ब्यक्ति र पुस्तौं भुटानमा बसेका नेपालीहरुलाई देश निकालिनु परेको उदाहरण प्रस्तुत गर्दै कुनै कारण बस बेलायतमा बस्ने नेपालीहरु नेपाल जानुपर्ने, नेपाल बस्नु पर्ने भयो भने, भाषामा समस्या नहोस्, भाषिक समस्याका कारण समस्या भोग्नु नपरोस् भन्ने कुरालाई मनन गरेर पत्रिकाको प्रकाशन आरम्भ भएको कुरा जानकारी गराए। नेपाली भाषा संरक्षणको कर्तब्य हरेक नेपालीको भएकाले सबैले यो अभियानमा सहयोग गर्ने कुराप्रति आफू आशाबादी रहेको बताउँदै पत्रिकालाई पनि सकारात्मक रुपले सहयोग गर्ने प्रति बिश्वास ब्यक्त गरेकाथिए ।

उपस्थित अतिथिहरुमा प्रमुख अतिथि २ आर.जी.आरका गोर्खा मेजर, मेजर याम बहादुर राना (एम.भी.ओ), बी.एफ.बी.एस गोर्खा रेडियो ब्रुनाईका प्रबन्धक लाल शाही, मेजर भुपजित राई, क्याप्टेन गजेन्द्र देवान, डब्लु.ओ.टू यक्ष राज लिम्बू, डब्लु.ओ.टू प्रकाश राई, डब्लु.ओ.टू मिलन चन्द्र राई, ध्रुब कुमार राई, खगेन्द्र राई, नरेश राई, गीतकार श्रीमती निर्मला राई, गीतकार जानुका राई, गीतकार सन्त आङदेम्बे, पत्रकार र साहित्यकार, समाजसेवी विश्वासदीप तिगेला, गायक किसन राई, आनन्द रानोहोंग्छा राई, प्रकाश राई, निर्देशक मिलन चाम्स, समाजसेवी सुबाश राई, कबिरसाहित्यकार नबराज राई र भूमिराज राईलगायत अन्य सहभागीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै कार्यक्रमका अतिथि फोर्सेस स्टेशन बीएफबीएस गोर्खा रेडियो ब्रुनाईका प्रबन्धक लाल शाहीले बेलायतमा नेपाली भाषा शिक्षणको अभियानको सफलताको कामना गर्दै पत्रिकामा प्रकाशित हुने समाचारमुलक समाग्रिहरुमा शुद्दाशुद्दीप्रति अति सम्बेदनशील हुनु पर्ने कुरामा जोडदिनुएकाथिए, उनले जमानाअनुसार प्रविधिको बिकाससँगै अनलाईन सुबिधा प्राप्त यो बेला नयाँ सन्देशले पनि अनलाईन संस्करणप्रति पनि ध्यान पुर्याउनु पर्ने कुरा औंल्याएका थिए । मन्तब्य राख्ने क्रममा श्रीमती जानुका राईले शुरुका दिनमा पत्रिकाको गुणस्तरमा शंका रहेको बताउँदै त्यो शंका अहिले निवारण भएको बताएकी थिईन् ।

कार्यक्रमको दोश्रो चरणमा पाठकको प्रश्न, प्रधान सम्पादकको जवाफ शीर्षकमा खुल्ला छलफल सम्पन्न भएको थियो, जुन कार्यक्रममा पत्रिकासँग सम्बन्धित बिषयमा केन्द्रित रहेर प्रश्न सोध्ने र प्रधान सम्पादकलाई पत्रिकाको गुणस्तर बृद्दिका लागि उपस्थित सहभागीहरुले सुझाब, सल्लाह दिएका थिए । पत्रिकामा बीबीक्यूपार्टी, डान्स पार्टी, गाउँले भेला, जातीय भेला, खाने पार्टीजस्ता बिषयमा मात्रै हरेक अंकका पानाहरु भरिने, विज्ञापनले मात्रै पानाहरु भरिएका हुने जस्ता गुनासोहरुको जवाफ दिंदै प्रधान सम्पादकद्वारा प्रष्ट पार्ने प्रयास भएको थियो । सहभागीहरुले पत्रिकाले चेतना मुलक बिषयहरुलाई पनि समेट्नु पर्ने, शिक्षामुलक बालमंच र बिबिध स्तम्भहरुपनि नियमित रुपमा प्रकाशन गरे उत्तम हुने सुझाब प्रस्तुत गरेका थिए ।

बजार ब्यबस्थापनको प्रसंगमा बोल्दै प्रधान सम्पादकले पत्रिकाको बार्षिक ग्राहकहरुलाई गोर्खा ईन्टरनेशनल लिमिटेडका तर्फबाट निःशुल्क कानूनी सल्लाहको सेवा पनि प्रदान गर्दै आएको कुरा जानकारी दिँदै, उक्त सेवा पाउनको निम्ति बेलायतमा निक्कै महँगो शुल्क तिरेर सोलिसिटर वा ल-फर्म धाउनुपर्ने बाध्यता रहने कुरालाई मध्य नजर गर्दै नयाँ सन्देश साप्ताहिक पत्रिकाको बार्षिक ग्राहकहरुलाई बोनस स्वरूप निस्शुल्क कानूनी परामर्श सेवाको सुबिधा प्रदान गरिरहेको जानकारी गराएकाथिए ।

कार्यक्रमका प्रमुख अतिथि २ आर.जी.आरका गोर्खा मेजर, मेजर याम बहादुर राना (एम.भी.ओ)ले आफ्नो क्षमताले भ्याउनेसम्मको सहयोग गर्नको निम्ति आफू सदैब तैयार रहेको जानकारी दिँदै, पल्टनिया समाजले नेपाली संस्कृतिको जगेर्नाको लागि खेलिरहेको भूमिका प्रति आफू सकारात्मक रहेको बताएकाथिए । उनले समाजलाई सु-सूचित गर्ने जिम्मेवारी बोकेको पत्रकारिता क्षेत्रले आफ्नो जिम्मेवारी बहन गर्दै प्रगति गर्नेमा कुनै शंका नरहेको जनाउँदै प्रगतिको शुभकामना पनि दिएका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमकी सभापति श्रीमती मेनुका राईले ब्रुनाईबासी पाठकहरुको सुझाबलाई आत्मसात गर्दै लागू गरी अझै उत्कृष्ठ र परिमार्जित भएर नयाँ सन्देश पत्रिका आउने दिनहरुमा पढ्न पाउने आशा ब्यक्त गर्दै कार्यक्रम सकिएको घोषणा गरेकिथिईन् ।

अत्यन्तै जानकारीमुलक तरिकाले, कार्यक्रम सम्पन्न भएको भन्दै कार्यक्रम संचालक गीतकार तथा फोटोग्राफर ईश्वर चामलिंगले कार्यक्रमको टिप्पणी गरे्काथिए ।-ब्रुनाई, मेस, भूमिराज