बाबुरामको नयाँ शक्तिबाट दुई नेता निष्काशित

बाबुरामको नयाँ शक्तिबाट दुई नेता निष्काशित


बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नेताहरु रामचन्द्र झा र रामकुमार शर्मालाइ निश्काशन गरेको छ ।

माओवादी केन्द्रमा प्रवेशको तयारी गरिरहेका दुई नेतालाई पार्टीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको सो पार्टीले जनाएको हो ।

झा र शर्मालाई पार्टीले यसअघि स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण समेत नदिएपछि पार्टीको संघीय परिषद सदस्य लगायतका सबै जिम्मेवारीबाट हटाइएको नयाँ शक्तिले जनाएको छ ।