तेल अभिव / इजरायल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति ‘इजरायली भूमिमा नेपाली कलमहरु’ को आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ र साँझ ढल्दै गर्दा बिशेष बिदा र समयको पाबन्दीसंगै जुटेका नेपाली साहित्यिक मनहरुको बिशेष भेलामा बडो रमाइलो र उल्लासमय बातावरणमा उक्त कृति र इजरायलमै रहेर साहित्य सृजनामा लागि पर्ने श्रस्टा कवयित्री मनु लोहोरुंगको कृति ‘लुङ्मारी मिथक’ साथै अनेसासको आफ्नै आधिकारिक वेभ साइट www.inlsisrael.com लाई संयुक्त रुपमा सस्थाका अध्यक्ष कृष्णपक्ष, उपाध्यक्ष कुमार पौडेल, सस्थाका केन्द्रिय सचिव हरि मानन्धर र सल्लाहकार श्याम रोक्काले संयुक्त रूपमा विमोचन गरेकाथिए।
नेपाली राष्ट्रिय गानबाट शुरू गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी सदस्य श्रीमती सुमित्रा पौडेलले दिएकिथिईन् भने च्याप्टरको कृति र लुंगमारी मिथकका बारेमा कवियत्री दीप्स शाहले बिशेष प्रकाश पारेकाथिए । इजरायलमा रहेर साहित्य सृजनामा लागि पर्नुहुने सर्जक र साहित्य प्रेमीहरुको साझा संस्था अनेसासलाई अरु जुझारु र साहित्य सृजनामा आगामी दिनहरुमा सशक्त र इजरायलमा रहे भएका अरु संस्थाभन्दा पृथक दृष्टिमा अनेसास भएको कुरा सस्थाका सल्लाहकार श्याम रोक्काले आफ्नो मन्तव्यको क्रममा बताएकाथिए। अनेसास केन्द्रिय प्रतिनिधि एवं च्याप्टरका सचिव हरि मानन्धरले संस्थाले लामो दुख र साधनामा लागि परेर आज विमोचित कृति ‘इजरायली भूमिमा नेपाली कलमहरु’ सबै पाठकमाझ ल्याउन सफल भएकोमा खुशी व्यक्त गरेभने संस्थाको भावी कार्यदिशाका बारेमा बोल्दै इजरायल च्याप्टरले डायस्पोराबाट नेपाली साहित्यमा नयाँ इतिहाँस रच्ने काम गरेकोमा धन्यवाद व्यक्त गरेकाथिए।
तेल अभिवको लेभिन्स्की पार्कमा साँझ आयोजित कार्यक्रममा संस्थाको प्रकाशित कृति र आफ्नै आधिकारिक वेभ साइटको विमोचनको अवसरमा सस्थाका सदस्य र साहित्य अनुरागीहरुको कबिता, गीत, गजल र मुक्तक बाचन पनि गरिएको थियो, उक्त बाचन मा कवियत्री दिप्स शाह,सुमित्रा पौडेल, यासिन राई, भगवती कंडेल (सेविका) लगायत … का कबि, कवयत्रीहरुले आआफ्नो रचना बाचन गरेर कार्यक्रमलाई रौनक थपेका थिए भने बिमला देवकोटाका गजल र सूर्य बस्यालको कबिता ‘दुख पाएको मान्छे’ कबिता सँस्थाका उपाध्यक्ष कुमार पौडेलबाट बाचन गरेर अरु थप रोचक र उलास्मय बनाएकाथिए । त्यस्तै इजरायललाई कर्मभूमि बनाउँदै आएका स्वरका धनी गोबिन्द सिवाकोटीको आफ्नै स्वर र संगितमा लयबद्द गीतको स्थाइ रअन्तरामा गाएर उपस्थित साहित्यक मनहरूलाई रोमाञ्चित पारेकाथिए।
अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर ‘विवश’को प्रमुख आतित्थ तथा संस्थाका सल्लाहकार श्याम रोक्का र श्री सत्य साई केन्द्रकी अध्यक्ष नेहा गुरूङको आतिथ्य रहेको थियो भने सस्थाका महासचिव यशजी (सुदर्शन घिमिरे) को कोकिल कण्ठबाट उदघोषित उक्त कार्यक्रममा आफ्नो बिचारको अभिव्यक्ति साथ हाम्रोसंसार डटनेटका उद्दब तामाङले लिखित मन्तब्य राखेकाथिए । उक्त समारोहमा थुप्रै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो । अनेसास इजरायल च्याप्टरले आगामी लक्ष्मी जयन्तीको अवसर पारेर देवकोटा जयन्ती बिशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष कृष्णपक्षले पुस्तक प्रकाशनका पृष्ठभूमि र पुस्तकका बारेमा प्रकाश पार्दै इजरायलमा रहेर साहित्य साधनामा लागि परेका र ‘इजरायली भूमिमा नेपाली कलमहरु’को प्रकाशनार्थ प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेकाथिए।-कुमार पौडेल, इजरायल, मेस
प्रतिक्रिया