बिरामीलाई खाटमा राखेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता

बिरामीलाई खाटमा राखेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता


लगातारका वर्षाका कारण आएको बाढीले स्थानियको जन–जीवनलाई निकै नराम्रोसँग असर पारेको छ । बाढीका कारण अस्पताल समेत जलमग्न भएको छ भने बिरामीलाई अस्पताल पुरयाउन समेत ग्राहो हुने गरेको छ । जलेश्वर अस्पतालमै उपचार सम्भव नभएको र त्यस्ता बिरामीलाई अस्पतालले रेफर गरेपछि हुने गरेको पीडित बिरामीका आफन्तहरु बताउछन ।

केहि दिनदेखिको अविरल वर्षा र सो पछि आएको वाढीको कारण सडकविहिन बनेको सदरमुकाम जलेश्वरसम्म आउन र सदरमुकामबाटै अस्पताल पुग्न विरामीहरुलाई खाटमा लगिने गरिएको छ । सदरमुकाम छेउछाउको गाँउबाट अस्पताल लग्न खाटकै सहारा भएपनि सदरमुकामबाट टाढा रहेका बिरामीहरु पुर्णरुपमा उपचार विहिन हुनु परेको छ ।

बुधवार जलेश्वर ७ अन्कार निवासी मुकेश कुमार यादव तथा उनका आफन्तहरु खाटमा एकजना गर्भवती महिला राखी दुर्गाचोक हुदै जलेश्वर अस्पतालको बाटोमा देखिए । उनले आँखाबाट आँशु झार्दै चारैतिर बाढी आएपछि कुनैपनि सवारी साधन नपाएर श्रीमतीलाई खाटमै राखेर अस्पताल लग्दै गरेको बताए ।

दश मिनेट पछाडि अर्को खाटमा खैरा गाउँका बासिन्दा मुल्ला जी आफन्तलाई लिएर अस्पताल पुगे । उनले समेत अस्पतालसम्म पुग्न सडक पुर्ण अवरुद्ध रहेकोले बाध्यतावश खाटमै राखेर अस्पताल पुर्‍याउन लागेको बताए । दवै खाटमा अस्पताल लगिएका महिलाहरु गर्भवती थिए र प्रसुती सेवाको लागि अस्पताल जाँदै थिए ।