त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा सऱ्यो

त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा सऱ्यो


यहि भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ ।

देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११ गते भन्दा अघिको परीक्षालाई केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

उनका अनुसार, भदौ ४ गते हुने परीक्षालाई १७ गते, ५ गतेकोलाई २४ गते, ६ गतेको परीक्षा २८ गते, ७ गतेको परीक्षा २९ गते र ९ गतेको परीक्षा ३० गतेका लागि तय गरिएको छ । तर, ११ गतेदेखिको परीक्षा भने पुरानै तालिकाअनुसार सञ्चालन गरिने उनले बताए ।