दुर्घटनामा नगर कांग्रेस सभापति खड्काको मृत्यु

दुर्घटनामा नगर कांग्रेस सभापति खड्काको मृत्यु


मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उहाँको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको हो । ।