दुबई । एन आर एन युएईद्वारा शुभ दीपावली २०६८ को उपलक्ष्यमा युएईमा एन आर एन कल्याणकारी कोषको बृद्दिका लागि सामूहिक रुपमा देउसी भैलो खेल्न उपाध्यक्ष मनोज कुमार गोर्खालीको सम्योजकत्बमा ५ सदस्यीय समिति गठन गरेको छ जसमा एन आर एन युएईका सम्पूर्ण कार्य समिति सदस्यहरुको सहभागिता र सहयोग रहने कुरा एन आर एन युएईका अध्यक्ष चन्द्र बहादुर रोकाहले बताएकाछन् ।
एन आर एन युएईको २०११-२०१३ को कार्य समितिका सम्पूर्ण सदस्यहरुले यस कल्याणकारी कोषको लागि न्यूनतम रकम अनिबार्य दिई यो कल्याणकारी कोषको स्थापना गरेको हुनाले यस अभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण देश विदेशका समाज सेवी मित्रहरुको दीर्घकालीन रुपमा उच्च मूल्यांकन एन आर एन युएईले गर्ने हुनाले यस कल्याणकारी कोषलाई सहयोग गरिदिन अध्यक्ष रोकाहले विश्वभरि छरिएर रहनु भएका समाजसेवी व्यक्ति र संस्थाहरुसंगसमेत आग्रह गरेकाछन् ।-जगत प्रसाद आचार्य, हाल दुबई,युएई
प्रतिक्रिया