भारतमा ३०० जनाबाट नाम परिवर्तन

भारतमा ३०० जनाबाट नाम परिवर्तन


लण्डन । झण्डै तीनसय जनाको हाराहारीमा गत शनिवारको दिनमा मध्य भारतको एउटा जिल्लामा निकै ठूलो समारोहबीच नाम परिवर्तन गरेका छन् । भारतीय परम्परामा केटीहरु जन्म हुँदा प्राय खुशी हुँदैनन् र त्यसलाई अपहेलना गरी नकारात्मक असर पर्ने नामहरु राख्दछन् । उदाहारणको लागि प्राय यस्ता केटीहरुका नाम “नाकुश” वा “नाखुशी” राखी दिन्छन् । नाकुश वा नाखुशीको अर्थ नचाहिएको वा र्व्यर्थ बोध गराउने हुन्छ । यही “नाकुश” र “नाखुशी” नाम भएका ३०० जनाजति केटीहरुले नयाँ नाम परिवर्तन गरेका हुन् । मध्य भारतको एउटा जिल्लामा सुसम्पन्न गरिएको यस कार्यक्रमले भारतमा परम्परागत हिसाबमा चल्दै आएको नारी शोषणको विरुद्ध चालिएको कदम हो । लिंग विभेदले गर्दा केटीहरुका जन्मदर संख्यात्मक हिसाबमा ह्रास हुँदै आएको छ । यस समारोहमा केटीहरु सुकिला कपडाहरु पहिरेर सिंगारपटार गरी लाइनमा आ-आफ्ना नामको प्रमाणपत्र लिनका लागि प्रतीक्षा गरी उभिएका थिए । महाराष्ट्र प्रान्तको सतारा जिल्लामा आयोजित यस कार्यक्रममा प्रत्येक केटीलाई अधिकारीहरुले नाम परिवर्तनको प्रमाणपत्र अनि एक-एकवटा पुष्पगुच्छा उपहार दिएका थिए । नाम परिवर्तन गर्दा ती केटीहरुले विख्यात वा लोकप्रिय नामहरु राखेका थिए । फिल्मी नायिका ऐश्वर्या, सावित्री तथा वैशाली जस्ता नामहरु राखेर नाम परिवर्तन गरेका थिए । १५ वर्षीया एउटी केटी आपmनो नाम परिवर्तन गर्दा अन्यन्तै खुशी देखिएकी थिईन् । उनले रमाउँदै … अब मलाई स्कुलमा साथीहरुले मेरो नयाँ नामबाट बोलाउने छन्, यसले गर्दा मलाई साह्रै खुशी लागीरहेको छ … भनेकी थिईन् । नातीको आपेक्षा राखेका हजुरबाले उनी जन्मँदा खुशी नभई नाकुश नाम राखी दिएका रहेछन् । अहिले उनले आफ्नो नाम अस्मिता राखेकी छिन् । भारतको यस वर्षका जनगणनामा केटीहरुका संख्यात्मक ह्रास आएको छ । औसत देशको जनगणनाले प्रत्येक एकहजार केटामा नौ सय सत्ताइस जना केटी देखाएको छ । तर, महाराष्ट्र प्रान्तमा भने यस संख्यामा ठूलो अन्तर देखा परेको छ । प्रत्येक एकहजार केटाहरुमा केवल आठसय त्रियास्सी जना केटीहरुका अनुपात देखाएको छ । विवाहको परम्परागत दाइजो र सम्पत्तिको कारणबाट केटीहरु गर्भमा रहेको थाहलागे गर्भपतन गराउने र जन्मेका केटीहरुलाई हेला गरी पालनपोषणमा लापरवाही गर्नाले पनि केटीहरुका मृत्युदर भारतमा बढी हुने गर्दछ । भारतमा नाकुशा भनेको एकदमै नकारात्मक नाम हो भनेर सतारा जिल्लाका डाक्टर भगवन पावरले भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।