खेलकुदमा ‘महिला हिंसाविरुद्ध’ अन्तरक्रिया

खेलकुदमा ‘महिला हिंसाविरुद्ध’ अन्तरक्रिया


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा ‘महिला हिंसाविरुद्ध हाम्रो संकल्प : खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ विषयक एकदिने अन्तरक्रिया सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।

कार्यक्रममा युएनआईकी उपाध्यक्ष दीपा भारद्धाजले नेपालमा महिला हिंसाको अवस्था बारेमा प्रकाश पार्नुका साथै महिला हिसांको विविध पक्षबारे जानकारी गराएकी थिइन् ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले केही समययता राज्यले पनि महिलालाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइरहेको बताउँदै महिला हिंसा अन्त्य गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले महिला हिंसा खेलकुदको माध्यमबाट पनि धेरै हदसम्म कम गर्न सकिने बताउँदै महिला हिंसा न्युनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेको बताए ।