गर्भको बच्चाको, मुक्का प्रहारबाट मृत्यु

गर्भको बच्चाको, मुक्का प्रहारबाट मृत्यु


लण्डन । हिजो अदालतमा एकजना ब्वाइफ्रेण्डले आफ्नै गर्भवती गर्लफ्रेण्डको पेटमा कसेर मुक्का प्रहार गर्दा पेटभित्रको बच्चा मारेको अभियोगमा सुनवाइ भएको थियो । १९ वर्षीय ब्रायन वुडब्रिजले १७ वर्षीया (त्यतिबेला) सामान्था चेजलाई एउटा शपिङ सेन्टरमा जब उनी सात महिनाको गर्भिणी थिईन्, उनको पेटमा मुक्का प्रहार गरेका थिए । स्न्यार्सक्रुक क्राउनकोटमा सुनवाइ गर्दा मुक्का प्रहार गरेर त्यहाँबाट फरार हुनुअघि ब्रायनले सामान्थाको ब्याग खोसेर उनको मनिब्यागबाट एक पाउण्ड रकम थुतेर भागेका कुरा भनेको थियो । घटनाको दिन, गत वर्ष २२ नोभेम्बरको दिनमा छेउबाट हिँड्दै गरेका एकजना व्यक्तिले सामान्थाको चिन्ताजनक अवस्था देखेर प्रहरीलाई खबर गरेका थिए । तत्काल उनलाई लुट्न र डन्सटेबल अस्पतालमा पुर्‍याएको थियो, तर, अस्पतालमा पुगेर डाक्टरहरुले जाँच गर्दा गर्भको बच्चा मरिसकेका थियो । सामान्थाको गर्भमा सात महिनाको छोरो थियो, सामान्थाले पछि बच्चाको नाम टेलर भनेकी थिईन् । त्यसपछि बच्चाको मृत्युको कारण पत्ता लगाउनको लागि पोस्टमोर्टम गरिएको थियो । पोस्टमोर्टमको जाँचबाट सामान्थाको गर्भ रहेको पाठेघर च्यात्तिएपछि बच्चा अक्सिजनको कमिबाट मृत्यु भएको हो भन्ने कुरा थाह हुन आएको थियो । तर, आरोपित केटासाथीलाई बचाउनकालागि सामान्थाले आफैंले पेटमा मुक्का प्रहार गरेकी कुरा भनेकी छिन् । उनको त्यो गर्भ अर्कै पूर्व ब्वाइफ्रेण्डबाट रहन गएकोको कुरा भनेकी छिन् । हालको ब्वाइफ्रेण्ड उनीसितै बस्न चहान्छन् । ब्रायनले आफूले चोरी गरेको र मुक्का प्रहार गरेर बच्चा मारेको कुरा स्वीकार गरेका छैनन् । मुद्धा अझ सकिएको छैन । श्रोत -नेट, सुमल, मेस ।