बितेको २४ घण्टामा नेपाली सेनाले के–के गऱ्यो ? (फोटोफिचर)

बितेको २४ घण्टामा नेपाली सेनाले के–के गऱ्यो ? (फोटोफिचर)


मुलुकभर बाढी–पहिरोले महाविपद् निम्तायो । बाढी–पहिरोमा परि सय बढिको ज्यान गयो भने सयौं घाइते भए । त्यस्तै, हजारौँ परिवार घरवारविहीन एवम् विस्थापित भए । विपद्पछि सरकारले उद्दारका निम्ति ब्यारेकबाट सेना निकाल्यो । विपदको बेला विगतमाझैँ सेनाले यसपटक पनि सक्रियतापूर्वक उद्दारमा तीव्रता दियो । बितेको २४ घण्टा सेनाले के–के गऱ्यो त ? पढ्नुहोस् रिपोर्ट ।

नयाँ गोरख गणले सिरहाको कल्याणपुर नगरपालिका ३ स्थित एक विद्यालय भवनमा बस्दै आएका ४० घर परिवारका बाढीपीडितलाई साउन २९ गतेदेखि बिहान–बेलुकी खाना खुवाउने व्यवस्था मिलाउँदै ।

हिजोदेखि सप्तरी जिल्लाको देउरीभरुवामा नेपाली सेनाको नं. १८ बाहिनी अड्डा र भीमदल गणले मेडिकल क्याम्प तथा सामुहिक भोजन कार्यक्रम आयोजना ग-यो । सो कार्यक्रमबाट करिव आठ सयजना जना स्थानीय लाभान्वित भए ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ मा पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने बर्दघाट सडक खण्डमा पहिरो गई पुर्ण रुपमा बन्द हुन गएको बाटो नेपाली सेनाको कालीध्वज गणबाट खट्टिएको टोलीले खुलायो ।

नेपाली सेनाको भैरवप्रसाद गणले नेपाल प्रहरीसँगको सहकार्यमा बाढीको कारण क्षति हुन पुगेको बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानमा पक्की तथा कच्ची सडक मर्मत गरेर खुलायो ।

दि फेमस महिन्द्र दल गण तथा नं.२ विपद् ब्यवस्थापन गणले अन्य निकायहरुसँगको सहकार्यमा चितवनका विभिन्न स्थानमा आएको बाढी तथा डुबानमा परेका ब्यक्तिहरुलाई विभिन्न समयमा संयुक्त रुपमा उद्धार गदै ।

नयाँ गोरख गणबाट खटिएको टोलीले सिराहाको कल्याणपुर नगरपालिका–३, इटरी पर्साही ईलाकामा डुवानमा परि करिव २४ घण्टा फसेका एक परिवारलाई करिव १ घण्टा ३० मिनेटको प्रयासपश्चात् सकुशल उद्धार गरेको ।

सिराहा नगरपालिका वडा नं. ७ बासभित्ता इलाकामा कमला नदिबाट भएको कटान नियन्त्रणको लागि नेपाली सेनाको नं. १८ बाहिनी अड्डाअन्तर्गत श्री नयाँ गोरख गणबाट खटिएको टोलिद्वारा तटबन्ध निर्माण गर्दै ।                                                                      Photo-Nepalese Army