रिडिंग । गत अक्टोबर २२ तारिख,पश्चिमी रिडिंगको आयोजनामा, रिडिंगको वालफोर्ड हलमा, समितिका अध्यक्ष गुप्तबहादुर गुरुंगको अध्यक्षतामा एक सांस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ । उक्त कार्यक्रममा काउन्सिलर श्रीमान र श्रीमती गमबहादुर गुरुंगको विशेष उपस्थिति रहेको थियो । दश पाउण्डको प्रवेश शूल्क राखिएको उक्त कार्यक्रममा खानाको व्यवस्थालगायत विविध सा.सकृतिक कार्यक्रमहरुको मञ्चन गरिएको थियो । सोही अवसरमा यूके नेपाली बडी बिल्डिंग एस्सोसिएसनको पनि उद्घाटन गरिएको थियो । उक्त यूकेएनबीबीएकमा अध्यक्ष विनोद बीके, उपाध्यक्ष विजय गुरुंग, सचिव वुद्धि गुरुंग, सहसचिव नारायण गुरुंग, र विसान गुरुंग, कोषाध्यक्ष भीम गुरुंग, उप-कोषाध्यक्ष चन्द्र सुनार, संयोजक सोम गुरुंग, दावा गुरुंग र दीपक गुरुंगहरुलाई काउन्सिलर र कार्यक्रमको अध्यक्षबाट प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रोग्राम राति अबेलासम्म नाचगानका साथ चलेको थियो ।-कुमार, मेस
Please click here to view the album
प्रतिक्रिया