लण्डन । हिजो सम्प्रेषण गरेको एउटा प्रतिवेदनले अब आउने सोमबारदेखि विश्वको जनसंख्या सात अर्ब पुग्ने दर्शाएको छ । जनसंख्या बृद्धिको प्रभाव खास गरी संसारको गरीबी क्षेत्रहरुमा पर्न जानेछ भनेर प्रकाश पारेको छ । जुन क्षेत्रमा एकदमै गरीबी, खानाको अभाव र असमानता रहेको छ त्यस्ता ठाउँहरुमा जनसंख्या बृद्धिको नकारात्मक प्रभावबाट बढी जन्मदर र बढी मृत्युदर देखा पर्नेछ । अन्तर्राष्ट्रिय विकास सचिव एन्ड्रिउ मिचेलले .. अहिले यतिखेर संसारभरि एक्काइस करोड पचासलाख महिलाहरुले गर्भाधान रोक्न चाहान्छन् अथवा बच्चा जन्माउनको लागि ढिलाइ गर्न चाहान्छन्, तर, तिनीहरुका लागि परिवार नियोजनको पहुच उपलब्ध छैन, त्यसैले जनसंख्या बृद्धि र गरीबीको कारण बन्न पुगेको छ … भनेका छन् । विकासशील राष्ट्रहरुलाई यस विषयमा मद्दत दिनको लागि बेलायत सरकारले कदम चालिरहेका छ । झण्डै एककरोड महिलाहरुका लागि गर्भनिरोधक सामग्रीहरु उपलब्ध गराउन बेलायत सरकारले रकम निकाश गर्दैछ । यस योजनाअन्तर्गत कम्तीमा पचास लाख सन्तान नचाहेका महिलाहरुलाई प्रत्यक्ष फाइदा हुनेछ । सन २०१५ सालसम्म पचासहजार महिलाहरुका ज्यान जोगाउँदै साढे दुईलाख नजन्मेका बच्चाहरुलाई मर्नबाट जोगाउन सक्नेकुरा बताएको छ ।
राष्ट्रसंघले एउटा सूचनामार्फत सोधेको जवाफमा लण्डन सकुल अफ हाइजिन एण्ड मेडिसिनका जोन क्लेल्याण्डले लगातार जनसंख्याको बृद्धिले गर्दा भोकमरी र गरीबीबाट मुक्त हुन अत्यन्तै कठिन भएको कुरा बताएका छन् । उनका अनुसार अफ्रिकी महादेशको उपसहारा इलाकामा अब आउने ४० वर्षभित्र दुईदेखि तीन गुणासम्म जनसंख्या बृद्धि भएर समस्य सिर्जना हुनेकुरा बताएका छन् । प्रतिवेदनले यस क्षेत्रमा परम्परिक संस्कार, लिंग विभेद र परिवार नियोजनको धारणालाई नकारात्मक हिसाबले लिने हुनाले महिला तथा पुरुषहरुलाई परिवार नियोजनका लागि निरुत्साहित गर्ने कुरा दर्शाएको छ । यस प्रतिवेदनले बेलायतको हालको जनसंख्या ६ करोड २४लाख पुगेको देखाएको छ र पुरुषहरुको बाँच्ने औसत आयु ७८वर्ष तथा महिलाहरुको ८२वर्ष देखाएको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया