मुग्लिन-नारायणगढ सडकखण्डमा आवागमन अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्डमा आवागमन अवरुद्ध


नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । शुक्रबार दिउँसो २ः १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

राससका अनुसार पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।