विद्यार्थीलाई ‘हेलो’ गर्दै आयो हेलो स्टुडेण्ट एजुकेशन

विद्यार्थीलाई ‘हेलो’ गर्दै आयो हेलो स्टुडेण्ट एजुकेशन


राजधानी काठमाडौंमा एजुकेशनल कन्सल्टेन्सीहरुको कमी त छैन, तर यस भीडमा मौलिक सोचका साथ फरक सुविधासहित सहज तरिकाले विदेश जान सकिने परामर्श दिने उद्देश्यले नयाँ कन्सल्टेन्सी खुलेको छ । सा्ेह्रखुट्टे चोकमा खुलेको उक्त कन्सल्टेन्सीको नाम हो- हेलो स्टुडेण्ट एजुकेशन कन्सल्टेन्सी ।

सञ्चारकर्मीको रुपमा समेत परिचय बनाएका उत्साही युवा नारायण तिवारीले सञ्चालनमा ल्याएका सो कन्सल्टेन्सीको उद्घाटन पनि परम्परा भन्दा फरक शैली अपनाउँदै तिवारी स्वयमले गरेका थिए ।

यस परामर्शदातृ कम्पनीको बारेमा प्रस्ट्याउँदै उनले भने, ‘नेपालमा कन्शलटेन्सीहरु धेरै भएता पनि सहज तरिकाले बिद्यार्थीहरु विदेश जान नसकेको अवस्थामा हामीले यथार्थ कुरा विद्यार्थीलाई बुझाई सहज तरिकाले भाषा सिकाएर सरल र सहज तरिकाले कागजपत्र बनाउनुका साथै विदेश गएपछि के कस्तो तरिकाले अध्यन गर्नुपर्छ र रोजगारीको लागि समन्वय गरिदिने सम्मको सेवा प्रदान गर्ने उद्देश्य राखेका छौँ ।

अर्का निर्देशक सन्तोष बाराकोटीले दक्ष र अनुभवी युवा मिली विदेश अध्ययन गर्न जान चाहने बिद्याथीको लागि सही परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको जानकारी दिए ।

यस कन्सल्टेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भाषासँगै विद्यालय र सम्बन्धित देशबारे सम्पूर्ण आधारभूत जानकारी कन्सल्टेन्सीले उपलब्ध गराउने बताइएको छ ।

बिदेशी मुलकका कलेजसँग सिधै सम्पर्क भएको यस कन्सल्टेन्सीमा शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता रहेकाले अन्य कन्शलटेन्सी भन्दा फरक तरिकाले सेवा दिने उद्देश्य राखिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र सिलवालले बताए ।