डा. लोहनी दुर्घटनामा घाइते

डा. लोहनी दुर्घटनामा घाइते


सवारी दुर्घटनाका कारण एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी घाइते हुनुभएको छ । शनिबार डा. लोहनी सवार गाडीलाई पछिल्तिरबाट ट्रकले ठक्कर दिएको थियो । सो क्रममा उहाँको घुँडामा चो पुगेको बुझिएको छ ।

पार्टीनिकट राष्ट्रवादी विद्यार्थी संघको राजधानीको नयाँ बानेश्वरस्थित कार्यालय उद्घाटन गर्न जाने क्रममा चावहिलमा उक्त दुर्घटना भएको थियो । चोटका कारण घाइते हुनुभएका लोहनी धुम्बाराहीस्थित आफ्नै निवासमा आराम गरिरहनुभएका र ठक्कर दिने ट्रक नियन्त्रणमा लिई प्रहरीले चालकलाई समेत पक्राउ गरेको छ ।