हङकङ । किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा स्वर्णिम साँझ, दोस्रो ३० अक्टुबर २०११ का सांझ याउमातेई कम्युनिटि हलमा भव्यताको साथमा सम्पन्न ग-यो। कार्यक्रमलाई शुरुमा औपचारिक रुपमा नै संचालन गरिएको थियो, सोही संस्थाका अध्यक्ष्य कृष्णराज लावोतीको अध्यक्ष्यता भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर थिए भने विभिन्न संघ सस्थाहरुबाट आएका प्रतिनिधिहरुलाई अतितिको आसन ग्रहन गराइएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि, संस्थाका अध्यक्ष,उपाध्यक्ष र स्वर्णिम साँझका लागि नेपालबाट आएका कलाकारहरुबाट पटका पड्काएर गरिएको थियो । सोही कार्यक्रममा दुइटा क्यासेट बिमोचन गरिएको थियो। मनु नेम्बांङको अडियो सीडी “तामा” र हस्त लिबांङको शब्द र संगीतमा रहेको सीडी “हापा चुरुरु” बिमोचन भएको थियोभने सोही समय चुम्लुङका फुटबल टिमलाई हिमालयन एक्सप्रोले स्पोर्टस ड्रेस प्रदान गरेकोथियो । औपचारिक कार्यक्रमलाई सचिव नन्द चङसुले संचालन गरेका थिए । अध्यक्षले औपचारिक कार्यक्रमलाई समापन गरेका थिए।
दोस्रो चरणमा रहेको सांस्कृतिक कार्यक्रमलाई नेपालबाट आएका लिम्बू तथा नेपाली भाषामा बहुप्रतिभाशाली कलाकार यासेली योङयाङले सन्चालन गरेकाथिए। यस स्वर्णिम साँझका लागि नेपालबाट ६ जना कलाकारहरु आएका थिए । यासेली योङयाङ, लिम्बुवानमा स्वरकी धनी मनु नेम्बांङ,झुमा नेम्बाङ, खोजी प्रतिभा रियालिटी सो १ मा फस्ट रनरअप हुन सफल व्यक्ति उत्तम जंग लिम्बू (लावोती), नेपाली गायन क्षेत्रमा सफल गायिका झुमा वनेम, प्रथम पटक पूर्वान्चलमा आइडल ल्याउन सफल गायक कुशल थलक, मिस मंगोलमा प्रतिस्पर्धी भइसकेकी प्रतिभाशाली गायिका सीता सिंङगोक जस्ता कलाकारहरु प्रत्येकले ३,३ वटा नेपाली र लिंम्ब” गीत गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।
स्थानीय कलाकारहरु राजु आङदेम्बे, सुनिता सम्भाहाम्फे, सुधा लिम्बू, हर्सित आले (चङसु)ले गाएका थिए भने लिम्बू तथा नेपाली नृत्य सुकु लिम्बू, धिरज लिम्बू, कल्पना तुम्रोक, टिका माक्खिम, नगेन्द्र लिम्बू, टिना मगर, निसाम चेम्जोंग, कान्छा लिम्बू, रोमीषा लिम्बू, ओम गुरुङ र राम लामाले प्रस्तुत गरेकाथिए।
चुम्लुङका कलाकारहरुबाट च्याब्रुङदेखि धान नाच देखाइएको थियो । रातको अबेलासम्म चलेर उक्त स्वर्णिम साँझ दोस्रो सम्पन्न भएको थियो।- कल्पना तुम्रोक
प्रतिक्रिया