गृहमन्त्री र आइजीपीबीच मनमुटाव

गृहमन्त्री र आइजीपीबीच मनमुटाव


महानगरिय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र ललितपुर परिसरमा कसलाई जिम्मेवारी दिनेभन्ने विषयमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालबीच मनमुटाब भएको छ । काठमाडौं परिसरको प्रमुखमा आफ्नो अनुकुललाई पठाउनु पर्ने भन्ने विषयमा गृहमन्त्री शर्मा र आइजीपी अर्यालबीच सहमति नहुँदा सो मनमुटाब भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार गृहमन्त्री र आईजीपीबीच सहमति जुट्न नसक्दा एसएसपीहरुको सरुवा रोकिन गएको छ । गृहमन्त्री शर्मा एसएसपी रविन्द्र धानुकलाई काठमाडौं परिसरको प्रमुखमा बनाएर पठाउने तयारी गरि रहेकै अबस्थामा उनलाई नपाठाई हाल परिसरमा नै रहेका एसएसपी प्रधुम्न कार्कीलाई प्रमुखको जिम्मेवारी दिनु पर्नेभन्दै आईजीपी अर्यालले आफ्नो कुरा राखेपछि गृहमन्त्री शर्माले सो कुरा अस्वीकार गरेको स्रोतको दाबी रहेको छ ।

सो जिम्मेवारी लिनकालागि प्रधानमन्त्री शेरवहादुर देउवालाई समेत मनाउन धानुक, प्रधुम्न कार्की, धिरजप्रताप सिंह, शैलेस थापा क्षेत्री, हरि पाल र उत्तमराज सुवेदी लागि परेका छन् । एसएसपी कार्की परिसरमै कार्यरत रहेको र आईजीपी अर्याल कार्कीलाई परिसरमा राख्न चाहेका छन् । तर, गृहमन्त्री शर्मा भने परिसरमा कुनै पनि हालतमा धानुकलाई पठाउन चाहेका छन् । जसका कारण गृहमन्त्री र आईजीपीबीच सहमति जुट्न सकेको छैन । गृहमन्त्री शर्माले राजनीतिक दवावमा छिट्टै काठमाडौं प्रहरी परिसरमा आफु निकटलाई नै नियुक्ती गर्ने तयारी गरेको स्रोतको भनाई रहेको छ ।