भारत भ्रमणअघि झण्डै दुई दर्जन राज्यमन्त्री थपिँदै

भारत भ्रमणअघि झण्डै दुई दर्जन राज्यमन्त्री थपिँदै


कांग्रेस सभापति देउवाको नेतृत्वको मन्त्रीमण्डल थप विस्तार हुने भएको छ । जम्बो मन्त्रीमण्डल बनाउन कहलिएका देउवाले संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत भएको अवसर पारेर मन्त्रीको संख्या थप्न लागेका हुन् । बुझिएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै मन्त्रिमण्डलमा एक्काइस राज्यमन्त्री थप गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार थप हुने मन्त्रिमण्डलमा कांग्रेसबाट दश, माओवादीबाट आठ र फोरम लोकतान्त्रिकबाट तीनजना राज्यमन्त्री थप गर्न लागिएको छ । तर सबै राज्यमन्त्रीको नाम तय भइनसकेकोले आज र भोलि गरी दुई चरणमा राज्यमन्त्रीको सपथ कार्यक्रम हुने सम्भावना छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै राज्यमन्त्रीहरु थपिसक्ने स्रोतको दाबी छ ।

प्राप्त जानकारअिनुसार माओवादी राज्यमन्त्रीका लागि सिफारिस भएकाहरुमा श्यामकुमार श्रेष्ठ (गृह), जाकिर हुसैन (उर्जा), कर्णबहादुर विक (आपूर्ति), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), छमबहादुर गुरुङ (सहरी), गोमा कुँवर (पशुपक्षी), वाङजी शेर्पा (सामान्य प्रशासन) छन् ।