अन्ततः बाबुरामलाई छाडी माओवादीमै फर्किए रामचन्द्र

अन्ततः बाबुरामलाई छाडी माओवादीमै फर्किए रामचन्द्र


बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी परित्याग गरी रामचन्द्र झा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनीसँगै रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिज किशोर यादवलगायत पनि माओवादीमै फर्किए ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । झा यसअघि एमालेबाट माओवादीमा प्रवेश गर्दै बाबुराम भट्टराइको नयाँ शक्तिमा लागेका थिए ।

नयाँ शक्तिकै नेता देबेन्द्र पौडेललगायत पनि केहि दिनमै माओवादीमा फर्किने तयारीमा रहेको बताइएको छ ।