जेभियर कप यु–१९ बास्केटबल शुरु हुँदै

जेभियर कप यु–१९ बास्केटबल शुरु हुँदै


पाँचौ जेभियर कप यू–१९ अन्तर कलेज बास्केटबल प्रतियोगिता भोलि भाद्र ५ गतेदेखि शुरु हुने भएको छ । कालोपुलस्थित जेभियर इन्टर नेश्नल कलेजको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । आयोजक जेभियर कलेज, गोल्डेनगेट, सीसीआरसी, प्राईम र साइपलले राउण्ड रबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै पुरुषतर्फ १४ टिमलाई चार समूहमा बिभाजन गरिएको छ । लिगकम नकाउटका आधारमा सञ्चालन हुने पुरुष बिधामा समूह ‘क’मा आयोजक जेभियर ‘ए’ ,लिटिलएन्जल, गोल्डेनगेट र नोबल एकेडेमी रहेका छन् । त्यस्तै समूह ‘ख’ मा ट्रिनिटि, सीसीआरसी र बनहार्ट छन् । एन्जल्स्हार्ट, ज्ञाननिकेतन, रिलायन्स एकेडेमी र पुष्पसदन समूह “ग” मा रहेका छन् । समूह ‘घ’मा आयोजक जेभियर ‘बी’, प्राईम कलेज र ग्रीनफिल्ड रहेको आयोजकले जनाएका छन् ।