माओवादी केन्द्रबाट थपिए आठ राज्यमन्त्री

माओवादी केन्द्रबाट थपिए आठ राज्यमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल तेस्रोपटक विस्तार हुँदै ३१ सदस्यीय भएको छ । आज आइतबार आठ राज्यमन्त्री थपिएपछि तीन उपप्रधानमन्त्री, १९ मन्त्रीसहित मन्त्रिमण्डलको संख्या ३१ पुगेको हो ।

आज थपिएका राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरु सबै नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधित्व गर्दछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराए ।