सुन्नुहोस् डट्कममा गुणबहादुर विजयी

सुन्नुहोस् डट्कममा गुणबहादुर विजयी


लण्डन । दशै तथा तिहारको पावन अवसरमा वेलायतबाट संचालित अडियो वेभसाइट, सुन्नुहोस् डट्कमले एक विशेष प्रतियोगिताको आयोजना गर्यो । यो प्रतियोगितामा वेलायतका गुणबहादुर गुरुङ विजयी भएका छन् । विजयी गुरुङलाई सुन्नुहोस् डट्कमको तर्फबाट सामसङ क्यामेरा प्रदान गरिएको छ । डा।बाबुराम भट्टर्राई, हास्य कलाकार हरिवंश आचार्य र पूर्व राजा ज्ञानेन्द्र शाहको मिस्ट्री आवाज समेटिएको प्रतियोगितामा, वेलायतलगायत बिभिन्न देशका प्रतियोगिहरुले सहभागिता जनाएका थिए । यो प्रतियोगिमा भाग लिनको लागि वेभसाइटमा राखिएका मिस्ट्री आवाज सुनेर, टेक्स्ट अथवा मेलमार्फत जवाफ पठाउनु पर्ने थियो ।

प्रश्नको सही जवाफ पठाउने सबै प्रतियोगिहरुको नाम चिठ्ठा बाकसमा राखेर, गोलाप्रथाद्वारा विजयी प्रतियोगिको नाम चयन गरिएको थियो । स्मरण रहोस्, सुन्नुहोस् डट्कमले भविष्यमा पनि यस्तै प्रकारका प्रतियोगिताहरु संचालन गर्दै जानेछ ।

यो वेभसाइटले विगत केही महिनादेखि बिभिन्न कार्यक्रमहरु आफ्ना श्रोताहरु समक्ष प्रस्तुत गर्दै आएको छ । यहाँ मूलत स् प्रत्येक दिनको समाचार, अडियो कार्यक्रम, फोटो र भीडीयोहरु राखिएका छन् । यदि, यहाँहरुसंग पनि यो वेभसाइटलाई उपयुक्त हुने सामग्री, फोटो र कार्यक्रमहरु भए मेल गरेर पठाउन सक्नु हुनेछ ।
-अनिला राई