मान्त्रीमण्डलमा राज्यमन्त्रीका लागि रामचन्द्रले दिए चार नाम

मान्त्रीमण्डलमा राज्यमन्त्रीका लागि रामचन्द्रले दिए चार नाम


मान्त्रीमण्डलमा राज्यमन्त्रीका रूपमा थपिने करिव दुई दर्जन व्यक्तिहरूमध्ये काङ्ग्रेस नेता रामचन्द्र पौडेलको कोटामा परेका चार जनाको नाम उहाँले प्रधानमन्त्री देउवालाई बुझाइसक्नुभएको छ । पौडेलले निश्चित क्राइटेरिया बनाएर राज्यमन्त्रीहरूको नाम चयन गर्नुभएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार पौडेलले एक महिला, एक मगर समुदायबाट, एक थारु समुदायबाट र एउटा सात नम्बर प्रदेशबाट छनोट गरी देउवालाई नाम बुझाउनुभएको हो ।

महिलाबाट सरिता प्रसाईंको नाम तय भएको बताइए पनि अन्य नाम गौप्य राख्ने प्रयास गरिएको छ । काङ्ग्रेसबाट दश, माओवादीबाट आठ र फोरम लोकतान्त्रिकबाट तीन जनालाई राज्यमन्त्री बनाइने निश्चित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आज) नामको अन्तिम टुङ्गो लगाउन नसकेको हुनाले भोलीसम्ममा त्यसको टुङ्गो लगाउने बुझिएको छ ।