एमए दोस्रो वर्षको  परीक्षाफल प्रकाशन

एमए दोस्रो वर्षको  परीक्षाफल प्रकाशन


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।

त्यस्तै २०७३ सालमा सञ्चालित कानून संकायतर्फ बिए एलएल बी तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।

राससका अनुसार  परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ। त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ।