बैंक ठगी गर्नेमाथि अनुसन्धान जारी

बैंक ठगी गर्नेमाथि अनुसन्धान जारी


नेपाल बैंक लिमिटेड, धरान शाखाबाट गैरकानुनी तवरले नक्कली सुन धितो राखी १५ करोड ५१ लाख ४३ हजार ९ सय रुपैयाँ कर्जाको नाममा ठगी गर्ने एघार जनालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

धरानका ३१ बर्षीय ज्ञानेन्द्र पुरकुटी, २७ बर्षीय सन्जीत रसाइली, इटहरीका ३१ बर्षीय माधव रिसाल, धरानका २५ बर्षीय सन्तोष रसाइली, २८ बर्षीय सुनिल वि.क., सुनसरीका २६ बर्षीय लालबहादुर बि.क., नेपाल बैंक लि. धरान शाखाका तत्कालीन (अव बर्खास्त) खजान्ची पदमा कार्यरत ५४ बर्षीय होमबहादुर भट्टराई, नेपाल बैंक लि. धरान शाखाका तत्कालीन सहायक शाखा प्रबन्धक रामकिशोर मेहता, नेपाल बैंक लि. धरान शाखामा सहायक शाखा प्रबन्धक पदमा कार्यरत शंकर न्यौपाने, नेपाल बैंक लि. धरान शाखामा कार्यरत सानुबाबु श्रेष्ठ र नेपाल बैंक लि. सिटी अफिस बिराटनगरका शाखा प्रबन्धक पदमा कार्यरत पुष्पराज घिमिरे पक्राउ परेका हुन् ।

यही भदौ २ गते एसएसपी शेरबहादुर बस्नेतको विषेश सक्रियतामा बैंक ठगी गर्ने अभियुक्तहरूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान टोलीले नियन्त्रणमा लिएको थियो । अभियुक्तहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४बमोजिम अनुसन्धान भइरहेको बुझिएको छ ।