आफ्नो रङ्गीन स्वभावका कारण विवादको दलदलमा भासिन पुगेका इटलीका प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीलाई साथीभाइसँग जथाभावी किसिमले खुलेर आफ्ना गोप्य कुरा गर्ने आदतले थप समस्यामा पारेको छ । कम उमेरकी किशोरीसँग अन्तरङ्गी सम्बन्ध गाँसेको मुद्दा खेप्दै आएका बर्लुस्कोनीको उक्त मुद्दा किनारा लागिसकेको छैन ।
यसैबीच आफूले सन् २००९ मा एक रातमै आठवटी महिलासँग शारीरिक सम्बन्ध राखेको अभिव्यक्ति दिएको बर्लुस्कोनीको एउटा टेप सार्वजनिक भएको छ । उनीहरू एघारको सङ्ख्यामा थिए तर मैले आठवटीसँग मात्र सम्बन्ध राख्न सकेँ, त्यसको भोलिपल्टचाहिँ म आफूलाई एकदम ऊर्जावान महसुस गरिरहेको थिएँ भनेर आफ्ना निकटतम् साथीहरूसँग ७४ वर्षीय बर्लुस्कोनीले गफ लडाइरहेको सो टेपबाट प्रस्टिएको छ । यसले उनको मुद्दालाई थप बल्झाउन सक्ने अनुमान गरिएको छ ।-Navin
प्रतिक्रिया