कति लज्जालु बेलायती पुरुष ?

कति लज्जालु बेलायती पुरुष ?


लण्डन । अधिकांश मानिसलाई प्र्रायः यो कुरामा जिज्ञासा लागिरहेको हुन्छ कि महिला घरबाट बाहिर निस्कनुअघि ऐनाअगाडि कति समय गुजार्छन् – अहिलेसम्म महिलाबारे त यसतो कुनै आंकडा मिलिसकेको छैन, तर यसको जवाफचाहिँ मिलिसकेको छ कि ब्रिटिस पुरुष साजसज्जाका लागि कति समय खर्च गर्छन् । एक अनुसन्धानको रिपोर्टअनुसार बेलायती पुरुष कामका लागि तयार भएर घरबाट बाहिर निस्कनका लागि हरदिन १८ मिनेट खर्च गर्छन् । बेलायतमा आफ्नो सुन्दरताप्रति गर्व गर्ने पुरुषको सङ्ख्या बढिरहेको छ ।
एक हजार बाह्र पुरुषमाथि गरिएको एक सर्भेक्षणले ५४ प्रतिशत पुरुषले आफ्नो साथीलाई खुशी तुल्याउनका लागि यस्तो गर्ने गरेको स्वीकार गरेका र २५ प्रतिशतले चाहिँ आफ्नो साथीभन्दा सुन्दर देखिनका लागि सुन्दरतामा ध्यान दिएको बताएका थिए । सर्भेक्षणको सबभन्दा रोचक पक्ष त यो देखियो कि ३८ प्रतिशत बेलायती पुरुष आफूलाई सुन्दर बनाउने मामलामा अत्यन्त कम जानकार देखिए भने उनीहरू कसरी सुन्दर भन्न सकिन्छ भनी कसैसँग प्रश्न सोध्न नै लाज मान्ने स्वभावका देखिए ।-नवीन