सैनिक श्रीमती संघद्वारा राहत वितरण

सैनिक श्रीमती संघद्वारा राहत वितरण


रौतहट जिल्लाको करुनिया गाउँपालिका १ र २ मा सैनिक श्रीमती संघले बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । संघले बाढीपीडितहरूलाई चार सय मण्डी, ३ सय ८५ बोरा चामल, ४ सय २२ वटा तौलिया, २ सय २२ ब्ल्याङ्केट, हजार पुरिया जीवनजल र पाँच हजार वाटर प्युरिफिकेशन ट्याब्लेट वितरण गरेको हो । मध्य पृतनापति उपरथी प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी सल्लाहकार सुनिता शर्माले स्थानीय बाढीपीडितलाई सो राहत सामग्री गत शनिबार वितरण गरेका हुन् । उक्त राहतबाट ३ सय ८५ घरधुरी लाभान्वित भएको बताइएको छ ।

साथै, सोही स्थानमा नं. ७ फिल्ड एम्बुलेन्स गुल्मबाट खटिएका सैनिक चिकित्सक अधिकृतसहितको मेडिकल टोलीले स्वास्थ्य शिविर सञ्चालन गरी ३ सय २५ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण समेत गरेको थियो । गत हप्ता परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोवाट प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाको उद्धार तथा राहत टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामाग्री ढुवानी गरी वितरण गर्ने कार्य गरिरहेको छ ।