दुवै चुनाव एकैदिन : निर्वाचन आगामी मंसिर १० मा

दुवै चुनाव एकैदिन : निर्वाचन आगामी मंसिर १० मा


केन्द्र र प्रदेशको बहुप्रतिक्षीत निर्वाचन एकसाथ गराउने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी मंसिर १० गतेका दिन दुईवटै चुनाव गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले दुई चरणमा चुनाव एउटै मितिमा गर्न कठिन हुने जनाउँदै आएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाले चाहिँ दुवै चुनाव एकैदिन गर्नुपर्ने दबाब दिँदै आएका थिए । प्रधानमन्त्री देउवाको यस अठोटलाई प्रतिपक्षी एमालेले समेत साथ दिँदै आएको थियो ।

सरकारको यस निर्णयपछि निर्वाचन आयोग अत्यन्तै दबाबमा परेको बुझिएको छ । सरकारले तोकेको तिथिमा एकसाथ दुवै चुनाव गराउने प्रतिबद्धताका साथ आयोग काममा भने जुटिसकेको आयोगसम्बद्ध एक अधिकारीले जनाए ।