केपी ओलीले आफ्नै हस्ताक्षर उल्लंघन गरे : निधि

केपी ओलीले आफ्नै हस्ताक्षर उल्लंघन गरे : निधि


नेपाली  कांग्रेस सांसद विमलेन्द्र नीधिले संविधान संशोधनको बाधक प्रमुख प्रतिपक्षी नेकपा एमाले भएको बताएका छन् । उनले संशोधनका लागि समेटिएका भाषा, नागरिकता, सिमाङकन धेरै महत्वपुर्ण भएकाले समर्थन गर्न आग्रह समेत गरे । उनले सिमाङकनका सम्बन्धमा ५ नंम्बर प्रदेशको हेरफेर गर्न केपी ओलीले आफैले हस्ताक्षर गरेपनि त्यसको उल्लंघन गरेको बताए ।

संसद बैठकमा संविधान सशोधनमाथि सोमबार भएको दफावार छलफलमा बोल्दै नेता नीधिले बादविवाद र छलफलपछि संशोधन विधेयक छलफलमा प्रस्तुत भएपनि एमालेले विधेयकको सधै विरोध गरेर मधेसी जनतालाई अधिकार नदिन चाहेको बताए ।

उनले भने ‘समाबेशी संविधान जारी भएपनि त्यसमा प्रमुख दलबाहेकका दलहरु बाहिरै छन् । उनीहरुलाई पनि संविधानको स्वीकार्यता गर्न जरुरी छ ।’ तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्दाका अवस्थामा असन्तुष्टपक्षलाई मान्य हुने गरी संशोधन गरिनेछ भनेको र अन्य राजनीतिक दलहरुले संविधानलाई गतिशिल दस्तावेज भने पनि संशोधन गर्ने कुरामा एमाले सधै बाधक बनेको नीधिको भनाई थियो ।