पौडी टोली अमेरिका प्रस्थान

पौडी टोली अमेरिका प्रस्थान


छैटौं विश्व जुनियर पौडी च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली अमेरिकाको इन्डियाना प्रस्थान गरेका छन् । खेलाडीमा युगेन शेर्पा, एलेक्जन्डर शाह, गौरव महर्जन, वेदाज्ञराज जोशी, टीसा शाक्य, अक्शरा सिंह र ओसिना भारती रहेका छन् । यी खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको सेभ दि मिसनमा नेपाल पौडी संघका सदस्य सागर शाक्य, व्यवस्थापकमा पौडी संघका सह–कोषाध्यक्ष नाजिरउद्दिन मुस्लिम र प्रशिक्षकमा शंकर कार्की रहेका छन् । अगष्ट २१ देखि २६ तारिखसम्म हुने प्रतियोगिताका लागि जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले विदाई गरेका थिए ।