पत्रकार महासंघको मतदान सकियो, खस्यो १ हजार ४४९ मत

पत्रकार महासंघको मतदान सकियो, खस्यो १ हजार ४४९ मत


नेपाल पत्रकार महासंघको २५ औं महाधिवेसनमा नयाँ नेतृत्व चयन गर्न सोमबार भएको मतदानमा १४ सय ४९ मत खसेको छ ।

नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरको प्यानल चुनावी मैदानमा रहेको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ५०९ मतदाता भए पनि जम्मा १ हजार ४४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिले मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको र मत गणनाकार्य केही बेरमा सुरु हुने जानकारी दिएको छ ।  सवैभन्दा कम प्रदेश नम्बर ६ र प्रदेशनम्बर १० मा खसेका छन् । ती दुवै प्रदेशमा बराबरी ८२ मत खसेको छ ।

त्यस्तै प्रदेशनम्बर १ मा १६०, दुईमा ९४, तीनमा १३७, चारमा १११ र ५ मा १८५ मत खसेका छन् । त्यस्तै सातमा १०६, आठमा २२५ मत खसेका छन् । महासंघमा जम्मा १५१५ केन्द्रीय प्रतिनिधि रहेका थिए ।

महासंघको ४७ सदस्यीय नयाँ कार्यसमितिका लागि १११ जनाले उम्मेदवारी दिएका थिए । मतगणना आजै साँझबाट गरिने निर्वाचन समितिले जनाएको छ ।