वाइसीएल प्रमुखले अघिसारे यस्तो माग

वाइसीएल प्रमुखले अघिसारे यस्तो माग


माओवादी केन्द्रको युवा संगठन वाइसिइल नेपालले युवालाई स्वदेशमै रोजगारीको प्रबन्ध गर्नुपर्ने माग गरेको छ । आर्थिक समृद्धिका लागि स्वदेशमा नै रोजगारी, सीपमूलक शिक्षा तथा अधिकारसम्पन्न युवा आयोग गठन जस्ता राजनीतिक प्रतिवेदन पारित गर्दै गत आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्ष चुनिएका वाईसीएल प्रमुख दीपशिखाले उक्त माग अघिसारेका हुन् ।

आगामी माघ ७ गतेभित्रै संघ र प्रदेशको निर्वाचन गराउनुपर्नेमा जोड दिएको वाइसीएलले राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न तथा स्वदेशी श्रम र सीपको नै प्रयोग गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने नीति तथा कार्यक्रम ल्याउन आग्रह समेत गरेको छ ।

वाइसीएलको महाधिवेशनले दीपशिखाको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा लालेन्द्र मण्डल, सुमन देवकोटा, गंगा कार्की, विरु तामाङ, रतन सिंह र यशोदा न्यौपाने निर्वाचित भएका छन् भने महासचिवमा सुबोधराज शेर्पाली, सचिवमा गणेश शाही, पूर्ण भुजेल, ज्ञानेन्द्रबहादुर गुरुङ, दिवस पाण्डे, विनय थापा, रञ्जित अधिकारी, सुवित ढुंगाना, मञ्जु बम, विष्णु महत, गोगनबहादुर मल्ल, सियाराम कुसहवा, नवराज ढुंगाना, केयरसिंह कुँवर, उमेश घोरासैनी, राजकुमार विक, अरुण घिसिङ, धिरण शेर्पाली र प्रकाश पाण्डे अनि कोषाध्यक्षमा मिङ्मा डण्डु शेर्पा छानिएका छन् ।