गोरखा भूकम्पको पराकम्पन जारी

गोरखा भूकम्पको पराकम्पन जारी


दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर आज सोमबार भूकम्प गएको छ । साँझ पाँच बजेर ५८ मिनेट जाँदा गएको भूकम्पलाई खानी तथा भूगर्भ विभागले ‘गोरखा भूकम्प’को परकम्पन विशेषण दिएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार दुई वर्षअघि ७.६ रिक्टर स्केलको भूकम्पपछि पनि परकम्पन जाने क्रम जारी छ र आजको परकम्पन पनि त्यसैको निरन्तरता हो ।

ज्ञातव्य छ, हालसम्म ४ वा त्यस रिक्टर स्केलभन्दा माथिका ४८५ परकम्पन गएको छ ।