पशुपति शमशेर राणाको पक्षमा सर्वोच्चको फैसला

पशुपति शमशेर राणाको पक्षमा सर्वोच्चको फैसला


सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिक पार्टी गठनको तयारीमा रहेका पशुपति शमशेर राणाको पक्षमा फैसला सुनएको छ । यससँगै राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाउने सम्भावना बढेको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

यसअघि निर्वाचन आयोगले हस्ताक्षरलाई सनाखत गर्न राणा पक्षलाई बोलाएको थियो । यसबाट निर्वाचन आयोगले आˆनो दललाई मान्यता नदिनेजस्तो संकेत देखेपछि राणा यसअघिकै हस्ताक्षरलाई मान्यता दिन माग गर्दै सर्वोच्च गएका थिए ।

राप्रपा अध्यक्ष कमल थापा पक्षले राणा पक्षले नक्कली हस्ताक्षर गरेर दल दर्ताको निवेदन दिएको आरोप लगाउँदै आएको छ ।