नेपाल पत्रकार महासङ्घको नेतृत्व गोविन्द आचार्यको काँधमा

नेपाल पत्रकार महासङ्घको नेतृत्व गोविन्द आचार्यको काँधमा


नेपाल पत्रकार महासङ्घको २५ औं महाधिवेशनले गोविन्द आचार्यलाई नयाँ सभापति चयन गरेको छ । हिजो सोमबार भएको निर्वाचनको आज मंगलबार विहान सम्पन्न मतगणनापछि लोकतान्त्रिक–प्रगतिशील पत्रकार प्यानल विजयी बनेको हो । नेपाली काङ्ग्रेसनिकट नेपाल प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरलगायतका समूहको गठबन्धनलाई बहुमत हासिल भएको छ र सो प्यानलका सबै पदाधिकारी निकै मतान्तरले विजयी बनेका छन् । अध्यक्षमा विजयी बनेका गोविन्द आचार्यलाई ७ सय ३२ मत हासिल भएको छ भने मुख्य प्रतिष्पर्धी तीर्थ कोइरालालाई ६ सय २७ मत प्राप्त भएको छ । कोइरालालाई एमालेनिकट प्रेस चौतारीको समर्थन रहेको थियो ।

हेर्नुहोस् पदाधिकारीहरू को–कसले कति मत पाए–

अध्यक्ष
गोविन्द आचार्य – ७३२
तीर्थ कोइराला – ६२७
उजीर मगर – ५४
भावना विद्रोही – ६

उपाध्यक्ष (खुल्लातर्फ)
विपुल पोखरेल – ७९६
मातृका पौडेल – ६०२
दीपक पाठक – २१

उपाध्यक्ष (समावेशीतर्फ)
दिलिप थापा मगर – ८५९
महेश दास – ५५४

महासचिव
रमेश विस्ट – ७५१
बालकृष्ण बस्नेत – ६७१

सचिव (खुल्ला)
रामप्रसाद दाहाल – ७४३
रुद्र भट्ट – ४३६
दीपेन्द्र कुँवर – १६६
भूपराज खड्का – ५१

सचिव (महिला)
लक्ष्मि पुन – ७८७
सुस्मा पौडेल – ६११

सचिव (आदिवासी)
उदय जिएम – ७५७
सिद्धराज राई – ६१३

सचिव (मधेसी)
सितल प्रसाद महतो – ७४६
अतिसकुमार मिश्र – ५८३

सचिव (दलित)
रेम विश्वकर्मा – ७६७
हेमकर्ण विक – ५६२

सचिव (एसोसिएट)
प्रकाश थापा – ७६०
महेन्द्र भट्टराई – ५६७

कोषाध्यक्ष
खगेन्द्र पन्त – ६२०
राजेश मिश्र ७७१

लेखा संयोजक
रोशन पुरी – ७९४
रामहरि सिलवाल – ५८१

लेखा समिति (खुल्ला)
भुपेन्द्र आचार्य – ८०४
सरोजकुमार मिश्र – ५१४

लेखासमिति सदस्य (महिला)
बबिता शर्मा – ६४६
मीरा राजभण्डारी – ७२८

प्रदेश सदस्यमा कसले जिते ?

प्रदेशबाट छानिने केन्द्रीय सदस्यहरुमा प्रेस चौतारीका पाँचजना विजयी बनेका छन् भने प्रेस युनियनका ८ र प्रेस सेन्टरका ६ जनाले जित हासिल गरेका छन् ।

हेर्नुहोस सूची :

प्रदेश १ : चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ : चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी ।
प्रदेश ४ : चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइँकेल विजयी ।
प्रदेश न ५ : सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी ।
प्रदेश न ६ : युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी ।
प्रदेश ७ : युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५-४५ बराबर मत ।
उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोविन्द चौलागाईं विजयी ।
प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही विजयी ।
एशोसिएटबाट युनियनका राधेश्याम दाहाल र पवन अचार्य ।